FAQs Complain Problems

त्रिवेणी गाउँपालिकाकाे संक्षिप्त परिचय

त्रिवेणी गाउँपालिका नेपालकाे संविधानकाे धारा २९५ काे उपधारा (३) बमाेजिम कायम भएका गाउँपालिका, नगरपालिका मध्येकाे एक हाे । रूघा, खारा, मुरूबाट बग्ने सबै खाेलाहरू एकिकृत भर्इ सिम्रुतु पुगेर एकै ठाउँमा भेट हुने र साे स्थानलार्इ त्रिवेणी भन्ने गरीइएकाे कारणले यस गाउँपालिकाकाे नाम त्रिवेणी राखिएकाे हाे । साविकका गा.वि.स हरू रूघा, खारा, मुरू, पेउघा र नुवाकाेट (३)  भु-भाग  अाेगटेर बनेकाे यस गाउँपालिकाकाे कुल क्षेत्रफल ८५.४९ वर्ग किलाेमिटर र यस गाउँपालिकाकाे जनसङ्ख्या १९५०४ रहेकाे छ ।समुन्द्र सतहबाट ११२५ मि. देखि २६८२ मि. सम्मकाे उचार्इमा रहेकाे यस गाउँपालिकाे पुर्वमा राेल्पा जिल्ला, पश्चिममा चाैरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका, उत्तरमा मुसीकाेट नगरपालिका र दक्षिणमा सल्यान र राेल्पा जिल्ला पर्दछन । नेपालकाे ६ नम्बर प्रदेश अन्तर्गत  पर्ने रुकुम (पश्‍चिम) जिल्लामा अवस्थित  त्रिवेणी गाउँपालिकाकाे अधिकांश भु-भाग भिरालाे,  जैविक विविधता र पहाडहरूले घेरिएकाे छ । यस गाउँपालिकाकाे थाेरै मात्र भु-भाग फाट, जिउला तथा वेशिमा पर्दछन । पहाडि भु-भाग भएता पनि जमिनकाे उर्वरा शत्ति राम्राे छ। पेदीखेत, मान्टुरा, मुरूखाेला, सिम्रुतु खाराखाेला कार्इयाखाेला र रूघाँखाेलाका दायाँ वायाँ किनारामा सिचार्इ सुविधा छ भने बाकि सबै भु-भाग अाकासे पानीकाे भरपर्नु पर्ने बाध्यता छ ।

Poll

तपाइहरूलाइ गाउँपालिका बाट भइ गरेकाे काम कारवाही तथा सेवा प्रवाह कस्ताे लागि राखेकाे छ ?

वडा पदाधिकारी